back
CTIZAN AD

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शनिबारसम्म बाँडफाँट गरिने

वि.सं.२०७७ माघ १३ मंगलवार

909 

shares

१३ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको छ । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्वेवारी एनआइबीएल एस क्यापिटलले पाएको हो ।

क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको र सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने साथै त्यो दिन नभ्याए शनिबार बाँडफाँट गर्ने तयारी रहेको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।

यद्यपि, कति आवेदन स्वीकृत हुन्छ र कतिले ५० कित्ता भन्दा कमका लागि आवेदन दिएका छन् त्यसले पनि कति कित्ता पर्ला भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।

वि.सं.२०७७ माघ १३ मंगलवार १२:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...