back
CTIZAN AD

नेकपा विभाजनलाई अस्वीकार गर्दै निर्वाचन आयोगले ओली र प्रचण्डलाई पठायो यस्तो पत्र (पत्रसहित)

वि.सं.२०७७ माघ १३ मंगलवार

885 

shares

माघ १३, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष रहेको पार्टीलाई आधिकारिक मान्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको बैठकको निर्णयअनुसार विभाजित नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डलाई पत्र पठाएको हो ।

आयोगले दुवै पक्षबाट भएका विवरण परिवर्तन, संशोधन वा हेरफेर नेकपाको विधान, राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ अनुसार नरहेको ठहर गर्दै साबिककै पार्टीलाई आधिकारिक रहेको निर्णय पठाएको हो ।

आयोगले प्रधानमन्त्री ओली पक्षले गरेको केन्द्रीय समिति विस्तार र विधान संशोधनलाई अस्वीकार गरेको छ भने प्रचण्ड पक्षले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि अस्वीकृत गरेको छ ।

आयोगले नेकपाको अन्तरिम विधानको धारा १८ (घ)अनुसार महाधिवशेनसम्म पार्टीमा दुई जना अध्यक्ष, २ जना वरिष्ठ नेता, १ जना महासचिव, १ जना प्रवक्ता र केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था बमोजिम फरक–फरक मितिमा दुबै पक्षबाट गरिएको निर्णयलाई विधिसम्मत नभएको ठहर गरेको छ ।

यस्तो छ आयोगले पठाएको पत्र

वि.सं.२०७७ माघ १३ मंगलवार १५:५१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...