back
CTIZAN AD

सूचना आयोगद्वारा अध्यक्ष पोखरेललाई रु पाँच हजार जरिवाना आदेश

वि.सं.२०७७ माघ १३ मंगलवार

624 

shares

१३ माघ, काठमाडौँ । काडराष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीसहित आयोगको सोमबार बसेको इजलासले अध्यक्ष पोखरेलले सूचना नदिएको जनाउँदै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ ९१० बमोजिम सो आदेश गरेको हो ।

सो दफाको सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा सूचना नदिने प्रमुख वा सूचना अधिकारीलाई रु एक हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुने, विभागीय कारवाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउने, सूचना दिन ढिलाइ गरे प्रति दिन रु दुई सयको दरले निजलाई जरिवाना हुनेछ भन्ने लगायतको प्रावधान रहेको छ ।

सिन्धुपाल्चोका रामप्रसाद दाहालले दिएको पुनरावेदनको आधारमा सो निर्णय गरेको आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले जानकारी दिए ।

दाहालले विसं २०७६ असारमा खुला विश्वविद्यालयले शिक्षण तर्फको करार पदपूर्ति अन्तर्गत विकास व्यवस्थापन तथा प्रशासन विषयको उपप्राध्यापकको पदमा दिएको परीक्षाको उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपी माग समेत गरेका थिए । ऐनले तोकेको समयसीमा पनि सूचना नपाएपछि दाहालले कार्यालय प्रमुख हुँदै आयोगमा पुनरावेदन दिएका थिए ।
रासस

वि.सं.२०७७ माघ १३ मंगलवार १५:४९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...