back
CTIZAN AD

कांग्रेसद्धारा संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ माघ १३ मंगलवार

843 

shares

माघ १३, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले जानकारी दिइन् ।

उनका अनुसार बैठकले आगामी माघ १९ गते भातृ संस्था, माघ २४ गते शुभेच्छुक र माघ ३० गते सबै जिल्ला समितिले प्रतिनिधि सभा विघटनविरुद्व प्रदर्शन निर्णय गरेको छ ।

आजको बैठकले नागरिक आन्दोलनलाई समर्थन जनाउँदै आन्दोलनमाथि भएको धरपकडप्रति निन्दासमेत गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्कालै सच्याउन पनि माग गर्ने निर्णय गरेको संग्रौलाले जनाईन् ।

आजको बैठकले स्थगित रहँदै आएको क्रियाशिल नविकरण वितरणलाई सक्ने निर्णय पनि गरेको उनले जनाईन् । साथै बैठकले समयावधि सकिएका विभिन्न विभागहरुको पनि समय थप गर्ने निर्णय गरेको संग्रौलाले जानकारी दिएकी छिन् ।

कांग्रेसले यसअघि संसद विघटनविरुद्व चरणबद्ध रुपमा जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा स्तरसम्म प्रदर्शन गरिसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

वि.सं.२०७७ माघ १३ मंगलवार १७:२३ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...