back
CTIZAN AD

‘सुदूर’ बाट किन बाहिरिइन् वर्षा सिवाकोटी ?

वि.सं.२०७७ माघ १३ मंगलवार

714 

shares

काठमाडौं । ‘रानी महल, मेरो पैसा खोइ रु, गोपी’ लगायतका चलचित्र साइन गरेर पनि छाडेकी अभिनेत्री वर्षा सिवाकोटीले फेरि अर्को चलचित्रबाट हात झिकेकी छन् ।

डेढ वर्ष अगाडि उनले रमेश बुढाथोकीले निर्देशन गर्न लागेको चलचित्र ‘सुदूर’ साइन गरेकी थिइन् । तर, विभिन्न कारणले छायांकन ढिला भएपछि उनले चलचित्र छाडेकी छन् । उनी सहमतिमा नै चलचित्रबाट बाहिरिएकी हुन् ।

चलचित्रको छायांकन निर्धारित समयमा नभएका कारण आफूले समय दिन नसकेको वर्षाको भनाई छ । लकडाउनमा आफू नयाँ व्यवसायमा आबद्ध भएको र ‘सुदूर’ को छायांकनको समयमा अर्को चलचित्रको छायांकन गर्नुपर्ने भएकाले काम गर्न नसकेको उनले बताइन् । निर्देशक बुढाथोकी यो चलचित्रको आउँदो चैतबाट छायांकन सुरु गर्ने तयारीमा छन् । चलचित्रको छायांकन जुम्लामा हुनेछ ।

वर्षाले चलचित्रबाट हात झिकेपछि अहिले निर्माण टिम अर्को अभिनेत्रीको खोजीमा छ । चलचित्रका लागि मुख्य नायकको प्रस्ताव भने पुष्प खड्कालाई गरिएको छ । उनलाई स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको छ । निर्माण टिमसँग मौखिक सहमति भए पनि कागजी सम्झौता नभएको उनी बताउँछन् । निर्देशक बुढाथोकी लामो समयपछि यो चलचित्रबाट निर्देशनमा फर्किन लागेका हुन् ।

वि.सं.२०७७ माघ १३ मंगलवार १६:४९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...