back
CTIZAN AD

देउवालाई रोक्दै रामचन्द्रले भने – निर्वाचन होइन् हाम्रो उद्देश्य संसद पुनर्स्थापना नै हुनुपर्छ

वि.सं.२०७७ माघ १३ मंगलवार

768 

shares

माघ १३, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको उद्देश्य संसद पुनर्स्थापना नै हुनुपर्ने अडान लिएका छन् । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टी निर्वाचन भनेर जान नहुने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको भन्दै कांग्रेस ओलीसँगै जान नसक्ने पनि प्रष्ट पारे ।

‘हाम्रो पार्टीले संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी भन्दै गर्दा आन्दोलनको उद्देश्य निर्वाचन होइन संसदको पुनर्स्थापना नै हुनुपर्छ’, पौडेलको भनाई उद्धत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘ओलीका गलत कदमलाई सहयोग गर्ने गरि हाम्रा उद्देश्य जानु हुँदैन् ।’

कांग्रेसले आन्दोलनका कार्यक्रमबारे निर्णय गर्दै गर्दा उनले आफ्नो अडान राखेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले बोलीरहँदा पौडेलले आफ्ना अडान बैठकमा प्रष्ट पारेका थिए ।

बैठकमा वरिष्ठ नेता पौडेलले ओली पक्षीय मुख्यमन्त्रीहरु विरुद्व परेका अविश्वासको प्रस्तावबारे पनि कांग्रेस स्पष्ट हुनुपर्ने माग राखेका थिए । उनले ओली पक्षलाई सहयोग गर्न नहुने पनि बताएका थिए ।

सम्बन्धित समाचार

कांग्रेसद्धारा संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ माघ १३ मंगलवार १८:१२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...