back
CTIZAN AD

जर्मनी भ्रमणका लागि मर्केलले गरे बाइडेनलाई निमन्त्रणा

वि.सं.२०७७ माघ १४ बुधवार

792 

shares

१४ माघ, बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएका छन् । बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुनासाथ जर्मनी भ्रमणको निम्ता दिएका हुन् ।

बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको उनले बताए ।

फोनवार्तामा दुबै नेताले कोभिड–१९ महामारीको सामना गर्न थप अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक पर्ने बताएका थिए । भेटबारे जानकारी गराउन जर्मन संघीय सरकारले जारी गरेको वज्ञप्तिमा भनिएको छ, जर्मन चान्सलरले अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य सङ्गठनबाट नअलग्गिने प्रक्रियालाई अघि बढाएकोमा अमेरिकी धारणाको स्वागत गरेका छन् ।

उक्त अबसरमा मर्केल र बाइडेनबीच खासगरी इरान र अफगानिस्तानबारे वैदेशिक नीति र व्यापार तथा जलवायु नीतिबारे पनि छलफल गरेको जर्मनीले बताएको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १०:१७ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...