back
CTIZAN AD

बेलायतमा डा. चन्द्र लक्सम्बाको निधन

वि.सं.२०७७ माघ १४ बुधवार

720 

shares

१४ माघ, लण्डन । कोभिड १९ का कारण बेलायतमा एक नेपालीले मृत्यु भएको छ । ताप्लेजुङ् जिल्ला सिकैंचा पुख्यौली घर भई लामो समयदेखि बेलायतमा बस्दै आएका डा. चन्द्र लक्सम्बाको कोरोनाका कारण मृत्यु भएको हो ।

नेपालको प्रगतिशील विद्यार्थी आन्दोलनबाट उदाएका उनी अस्कल क्याम्पसको पूर्व स्वबियु सभापतीसमेत बनेका थिए । उनी लामो समय ब्रिटिश सेनामा सेवा गरेर अवकाश पछि फेरी प्राज्ञिक अध्ययन, अनुसन्धानमा संलग्न भएका थिए ।

ब्रिटिश गोर्खामा नेपाली आर्मीको असमान पेन्शनको आन्दोलनको अगुवाई, नेपाली समुदायको बेलायतमा जनगणनामा उनको भूमिका रहेको थियो ।

वेलायतको नेपाली समुदायसंग घुलमिल हुने अत्यन्त मिलनसार एक असल सामाजिक अभियन्ताको रूपमा धेरैले उनको संस्मरण गरेका छन् ।
नेपाली समुदायको हक़हित र न्यायको लागी क्रियाशील बामपन्थी बौद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बाको निधनले बेलायतबासी नेपालीले एक होनाहार व्यक्तित्व गुमाएको छ । उनको निधनप्रति सबै क्षेत्र र तह तप्काकाले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०७७ माघ १४ बुधवार ०९:१३ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...