१४ माघ, काठमाडौँ । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले २ जना केन्द्रिय सल्लाहकार सहितप्रदेश २ को संयोजक समेत तोकेको छ ।
महासंघले केन्द्रिय सल्लाहकारमा निजगढ नगरपालीकाका उपप्रमुख लिलादेवी लामिछाने खनाल र वडा नं.२ का वडाध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलाई मनोनित गरेको हो ।
त्यस्तै नेपाल तेक्वान्दो महासंघ प्रदेश २ को संयोजकमा निजगढ नगरपालीका वडा नं. ४ का अध्यक्ष जयराम कुमरलाई मनोनित गरेको छ । कुमरलाई २ महिनाभित्रमा केन्द्रसंग समन्वय गर्दै प्रदेश भित्र रहेका जिल्लाहरुमा संयोजक चयन गर्ने अधिकार सहित जिल्ला एवम् प्रदेश समीति गठन गर्न जिम्मेवारी तोकेको छ ।
जनप्रतिनिधि समेत रहेका सल्लाहकार खनाल, ढोडारी र संयोजक कुमर निजगढ एवं बारा जिल्लास्तरमा विकासप्रेमि, सामाजिक अभियन्ताएवं युवातथा खेलकुद क्षेत्रमा योगदानदिएकाकारण परिचित छन् ।
महासचिव सुदिपचन्द्र बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासंघले विश्वका विभिन्न तेक्वान्दो संस्थासंग सम्बन्धन पाएको छ । एनटिएफले विश्व सङमोक्वान संघ(अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद(जर्मनी) बाट सम्बन्धन पाएको छ ।
महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आबद्ध छन् ।
वि.सं.२०७७ माघ १४ बुधवार १२:४३ मा प्रकाशित





























