back
CTIZAN AD

अग्निपीडितलाई राहत दिन गोठीगाउँ पुगे कानूनमन्त्री भण्डारी

वि.सं.२०७७ माघ १५ बिहीवार

747 

shares

१५ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन् ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि घटनास्थलमा आज बिहान ७ः५५ बजे पगेका हुन् ।

मङ्गलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितका लागि तत्काल हेलिकप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ गएका हुन् । ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको जानकारी उनले दिए ।

कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०७७ माघ १५ बिहीवार १०:२६ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...