back
CTIZAN AD

११ बैंकले कमाए अर्ब भन्दा बढी नाफा, कुन बैंक रह्यो त अगाडी ?

वि.सं.२०७७ माघ १५ बिहीवार

780 

shares

१५ माघ, काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्ष २०७७ र ७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । कोभिडकैबीच बैंकहरूले अधिकांश बैंकहरूले नाफा बढाएका छन् । बैंकहरूले व्यवसाय गर्न सकिएन, बैंकमा तरलता थुप्रियो भनिरहँदा अर्बभन्दा बढी नाफा कमाएका हुन् । आज बिहीबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ वाणिज्य बैंकमध्ये ११ वटा बैंकको नाफा अर्बभन्दा माथि छ भने ७ वटा बैंकले अर्बभन्दा कम नाफा गरेका छन् ।

बैंकहरू गरेको नाफा बढी देखिएपनि वितरण योग्य नाफा भने कम रहेको छ । सबैभन्दा बढी नाफा कमाएको ग्लोबल आईएमई बैंकको पनि वितरण योग्य मुनाफा कम छ । गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ ।

चालु आवको यो अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले यो अवधिमा २ अर्ब ३१ करोड ५१ लाख नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा जम्मा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले कमाएको नाफा अन्य बैंकको भन्दा बढी भएपनि सामान्य मान्नु पर्ने हुन्छ । बैंकको चुक्ता पुँजीमात्रै २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकपछि बढी नाफा आर्जन गर्ने बैंकको सूचीमा परेको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यो अवधिमा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

बढी नाफा कमाउने बैंकको तेस्रो सूचीमा परेको नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब १ करोड नाफा कमाएको छ । बैंकले हाल कमाएको नाफा गन आर्थिक वर्षको सोही अवधिको तुलनामा १।२६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यो अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड रुपैयाँ थियो । दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
एक अर्बभन्दा बढी नाफा कमाउने बैंक
गत आवकोभन्दा कम नाफा कमाएका नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंकले नाफा घटाएपनि अर्बभन्दा नाफा गरेर अर्बपतिको क्लबनै रहन सक्षम भएका छन् । यो अवधिमा नाफा बढाएर यो क्लबमा प्रवेश गरेको कुमारी बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २१ करोड ६५ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यो अवधिसम्म बैंकको नाफा ८० करोड ३० लाख रुपैयाँमात्र थियो । बैंकले यो अवधिमा उल्लेख्य प्रगति गरेको छ । प्रभु बैंकले पनि यो वर्ष उल्लेख्य नाफा कमाएको छ । बैंकले चालु आवको यो अवधिमा १ अर्ब ५१ करोड ८६ लाख नाफा गरेको छ भने गएको आवमा बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँमात्र थियो ।

प्रभु बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन बैंक, र सनराइज बैंकले गत आर्थिक वर्षको भन्दा बढी नाफा कमाएका छन् भने सानिमा बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनसीसी बैंकले पनि नाफा घटाएका छन् । कुमारी र प्राइम कमर्शियल बैंक, एनएमबी बैंकले योे उल्लेख्य प्रगति गर्दै अर्बपति क्लबमा उक्लिएको छ ।

पुस १८ सम्म वित्तीय विवरण प्रकाशित १६ बैंकहरूले जम्मा २३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यो अवधिमा यी बैंकहरूले २२ अर्ब ३० करोड ८७ लाख नाफा रुपैयाँ नाफा कमाएका थिए ।

वि.सं.२०७७ माघ १५ बिहीवार १०:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...