back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले कमायो ३७.३२ प्रतिशत नाफा

वि.सं.२०७७ माघ १५ बिहीवार

612 

shares

१५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३७.३२ प्रतिशत बढी नाफा कमाउन सफल भएका छन् । बैंकले उक्त अवाधिमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३४.४६ प्रतिशले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा ३६.६६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३६ करोड ९० लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेको छ ।

601226764d1e9.JPG

वि.सं.२०७७ माघ १५ बिहीवार ११:०९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...