back
CTIZAN AD

चट्टानमाथि बनेको दुर्गा भगवती मन्दिरले पर्यटकलाई बनायो आकर्षित

वि.सं.२०७७ माघ १५ बिहीवार

750 

shares

१५ माघ, म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर ।

बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको चट्टानी पहाडको अवलोकन, पहाडलाई फन्को लगाउन सकिने पैदलमार्गमा यात्रा गर्न र शिरको मन्दिर दर्शन गर्न भक्तजन र पर्यटक आउन थालेका छन् । अलौकिक चट्टानमाथि बनेको मन्दिर अनौठो रहेको मङ्गलाघाटका दीपक बानियाँले बताए ।

विसं २०३९ मा काठ र माटोबाट बनेको मन्दिरलाई पुनःनिर्माण र त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिएपछि आकर्षक बनेको छ । डिभिजन वन कार्यालय, बेनी नगरपालिका, जिल्ला मालपोत कार्यालय र चन्दा सहयोग जुटाएर कूल रु १५ लाख ८१ हजार ४६४ को लागतमा मन्दिर पुनःनिर्माण, मूर्ति प्रतिष्ठान र पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीले रु चार लाख ६४ हजार, बेनी नगरपालिकाले रु दुई लाख ३३ हजार ५५, मालपोत कार्यालयले पूजा खर्चबापत रु १० हजार र बगरको बालुवाबाट रु २० हजार सहयोग प्राप्त भएको थियो ।

चन्दादाताबाट रु ११ लाख २२ हजार ५७० जुटाइएकामा रु दुई लाख ६८ हजार ४६४ बचत भएको उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताए ।

चट्टानको फेदीदेखि शिरमा रहेको मन्दिरसम्म पुग्न दुई तर्फबाट १०० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको छ । पदमार्गको कुनातर्फ भूमे, गणेश, राधाकृष्ण, सीताराम, नाग, महारानी र शिव पार्वतीको मूर्ति राखिएको छ ।

मन्दिर परिसरमा बलि दिने ठाउँ निर्माण र करिब ५० मिटर रेलिङ बनाएर घेराबार बनाइएको छ । बेनी–बरङ्जा सडकदेखि मन्दिर निर्माण भएको चट्टानको फेदीसम्म जोड्ने पदमार्ग र प्रवेशद्वार निर्माणका लागि पहल गरिएको वडासदस्य चन्द्र कुँवरले बताए ।

यो चट्टानमाथि बसेर परापूर्वकालमा ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको स्थानीय बूढापाकाले बताएका छन् । दैनिक पूजाआजा हुने मन्दिरमा बडादशँै र चैतेदशँैको समयमा विशेष मेला लाग्ने र बलि चढाउने गरिन्छ ।

जिल्ला सदरमुकाम बेनी बजार नजिकै रहेको बगरफाँटको दुर्गा भगवती मन्दिरको महत्व र विशेषताको प्रचारप्रसारमा जोड दिएमा पर्यटन विकासमा सहयोग पुग्ने वडासदस्य कुँवरले बताए ।

वि.सं.२०७७ माघ १५ बिहीवार ११:३२ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...