back
CTIZAN AD

एनसीसी बैंकले कमायो ६१ करोड ४० लाख खुद नाफा

वि.सं.२०७७ माघ १५ बिहीवार

684 

shares

१५ माघ, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ भने समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा १९.२० प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४४ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष १ अर्ब ६६ करोड रुपैयाँ थियो । बैंकले ९७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

वि.सं.२०७७ माघ १५ बिहीवार ११:४१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...