back
CTIZAN AD

यस्तो छ लक्ष्मी बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण

वि.सं.२०७७ माघ १५ बिहीवार

636 

shares

१५ माघ, काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास रिपोर्ट आज सार्वजनिक गरेको छ । जारी रिपोर्ट अनुसार बैंकको वितरयोग्य मुनाफा ५० करोड ४६ लाख रहेको छ ।

रिपोर्ट अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ८० करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधीमा ९० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो बर्षको तुलनामा यो बर्ष बैंकको आम्दानी १०।६२ प्रतिशतले घटेको हो ।

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको यो शिर्षकको आम्दानी १ अर्ब ७४ करोड रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि १ अर्ब २९ करोड रुपैयाँ बाट घटेर १ अर्ब १३ करोड रुपैयाँमा समेटिएको छ ।
बैंकको निक्षेप संकलन ९८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ८८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर ९८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष पुस मसान्त सम्ममा ०.८८ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले घटेर ०.७६ प्रतिशत पुगेको छ ।

अवधिमा बैंकको रिजर्भको आकार १२.६३ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा ४ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले त्यो बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेकाले यो अवधिमा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँबाट घटेर १५.०९ रुपैयाँमा झरेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:५६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...