१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले र विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरुमा उम्मेदवारी दिएकाहरुको लिखित परीक्षाको समय तालिका संशोधन गरिएको सूचना जारी गरेको छ ।
आयोगको कार्यालयबाट पुष १६ गते प्रकाशित सूचना अनुसार विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरुको खुला प्रतियोगिताको लिखित परीक्षाको समय तालिकामा दुई वा दुई भन्दा बढी पदहरुमा आवेदन दिने उम्मेदवारहरुमध्ये केही उम्मेदवारहरुको विभिन्न पदहरुको परीक्षा एकैदिन परेकाले
निम्नानुसार संशोधन गरिएको बताइएको छ ।
वि.सं.२०७७ माघ १५ बिहीवार १४:०२ मा प्रकाशित






























