back
CTIZAN AD

सोमपाल र करण आवद्ध टिमको विजयी सुरुवात, यस्तो रह्यो पहिलो खेलमा सोमपाल र करणको प्रदर्शन

वि.सं.२०७७ माघ १६ शुक्रवार

804 

shares

१६ माघ, काठमाडौँ । आबुधाबी टि-१० लिग अन्तर्गत सोमपाल कामी आवद्ध टिम मराठा अरेबियन्स र करण केसी आवद्ध टिम पुणे डेविल्सले विजयी सुरुवात गरेका छन ।

२०२१ को टि-१० को पहिलो खेलमा सोमपाल आवद्ध टिम मराठा अरेबियन्सले नर्थन वारियर्सलाई ५ विकेटले पराजित गरको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको नर्थर्न वारियर्सले १० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाएको थियो । वारियर्सका लागि ब्याटिङ्गमा लेन्डल सिमोन्सले सर्वाधिक ५४ रन बनाएको थिए भने मराठाका लागि बलिङ्गमा १ मात्र विकेट मुक्तर अलिले हात पारेका थिए ।

मराठाको पहिलो खेल्मैँ प्लेइङ्ग-११ मा पर्न सफल नेपाली राष्ट्रिय टिममा फास्ट बलर सोमपाल कामीले आफ्नो २ ओभरमा विकेट विहिन रदहैँ २८ रन खर्चेका थिए । सोमपालले आफ्नो पहिलो ओभरमा ८ रन खर्चेका थिए भने आफ्नो दोस्रो ओभरमा २० रन खर्चेका थिए ।

नर्थर्न वारियर्सले दिएको १२८ रनको लक्ष्य मराठा अरेवियन्सले १० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । मराठा अरेबियन्सका लागि अबदुल शकूरले २८ बलमा ७३ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

त्यसैगरी टि-१० लिगको दोस्रो खेलमा करण केसी आवद्ध टिम पुणे डेभिल्सले डेक्कन ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको डेक्कन ग्ल्याडीएटर्सले १० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । डेक्कनका लागि ब्याटिङ्गमा आजम खानले सर्वाधिक ३७ रन बनाएका थिए भने पुणेका लागि बलिङ्गमा नाशिर हुसेनले सर्वाधिक ३ विकेट लिएका थिए ।

पुणेका लागि नेपाली राष्ट्रिय टिमका अलराउण्डर केरण केसीले पहिले खेलमैँ मौका पाएका थिए । उनले डेक्कन विरुद्धको खेलमा बलिङ्गमा १ ओभर गदैँ १७ रन खर्चेका थिए । उनले दोस्रो ओभर भने गर्ने मौका पाएनन् ।

डेक्कन ग्ल्याडीएटर्सले दिएको १०५ रनको लक्ष्य पुणे डेभिल्सले ९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । पुणेका लागि किन्नर लुइसले सर्वाधिक ५७ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरेका थिए ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १०:३२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...