back
CTIZAN AD

टीकापुरमा शान्ति सुरक्षाका लागि समुदाय परिचालन

वि.सं.२०७७ माघ १७ शनिवार

606 

shares

१७ माघ, कैलाली । कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ ।

यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरीसमक्ष पुगाउने काममा सघाउँछन् । प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बस्ती तथा टोलमा गठन गरिएका सुरक्षा समितिका कारण समुदायमा शान्ति सुरक्षा स्थापना गर्न सहयोग पुगेको नागरिकले महशुस गरेका छन् । गणेशपुर शिविरका बडघर सन्तोष घर्र्तीमगर आफ्नो टोलको सुरक्षा आफूहरुले नै गरिरहेको बताउँछन् ।

टीकापुरकै शक्तिनगर शिविरका निवर्तमान बडघर रामलाल डगौरालाई पनि आफ्नो बस्तीमा सुरक्षा समिति गठन गर्दा समाजमा हुने अपराधिक क्रियाकलाप कम भएको महशुस भएको छ । इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक अरुण बम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत गठन गरिएका टोल तथा बस्ती सुरक्षा समितिका कारण बस्तीमा सुरक्षाको स्थिति मजबुत भएकाले प्रहरीलाई पनि निकै सहयोग भएको बताउँछन् ।

प्रहरीले विद्यालयमा गएर माध्यामिक तहका विद्यार्थीलाई ट्राफिक नियमको पालना, लागूपदार्थ दुव्यसनीबाट हुने नोक्सानी, साइबर क्राइम, बालविवाहले पार्ने नकारात्मक असरका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । प्रहरीले उनीहरुलाई बाल यौन दुव्र्यवहार, गलत छुवाइ, विद्यालय, घर वा अन्य ठाउँमा हुने हिंसाविरुद्ध आवाज उठाउन र प्रहरीलाई खबर गर्न सिकाउन थालेको छ । (रासस)

वि.सं.२०७७ माघ १७ शनिवार १३:०३ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...