back
CTIZAN AD

ओलीले हिन्दुराष्ट्र घोषणा गर्न सक्छन्, राजावादीहरुले समेत आमसभामा आउन उर्दी गरेका छन्

वि.सं.२०७७ माघ १८ आइतवार

960 

shares

माघ १८, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुसँग सहकार्यमा रहेको बताएका छन् । आइतबार प्रचण्ड–नेपाल पक्षले माइतीघरमा आयोजना गरेको धर्ना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार आगामी माघ २३ गते ओली पक्षले गर्न लागेको आमसभामा सहभागी हुन राजावादीहरुले समेत उर्दी गरेका छन् । उनले भनेका छन्, ‘म सुन्दैछु, ओली पक्षले २३ गते गर्न लागेको कार्यक्रममा सबै राजावादी उपस्थिति हुनु भनी पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेका छन् रे ।’

याे पनि…

ओली पक्षले नारायणहिटी दरबार अगाडि जनसभा गर्ने

उनका अनुसार आमसभाको दिन ओलीले हिन्दु राष्ट्र घोषणा गर्नसक्ने चर्चा छ । ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले भनेका छन् ।

ओली पक्षले आगामी माघ २३ गते नारायणहिटी दरबार अगाडि जनसभा तयारी गरेको छ । नारायणहिटी दरबार अगाडि गर्न खोजीएको आम सभालाई अर्थपूर्णं रुपमा लिइएको छ । जुन तयारीका बीच प्रचण्ड–नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेको अभिव्यक्ति सार्वजनिक भएको हो ।

वि.सं.२०७७ माघ १८ आइतवार १४:३९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...