back
CTIZAN AD

अमेरिकामा ग्यास स्टेसन सञ्चालन गर्न खोज्नु भएको छ, कति पर्ला त मूल्य ?

वि.सं.२०७७ माघ १८ आइतवार

735 

shares

धेरैले सोधे अमेरिकामा ग्यास स्टेशन किनेर, चलाएर, ब्यबसाय गरेर जे भन्नुहोस महिनामा खर्चबर्च कटाएर कति जति घर तिर पोको पारेर लान सकिएला त ? मैले यसरी बुझे अमेरिकामा आफुसङ्ग भएको केहि बचत रकम सदुपयोग गरि केहि ब्यवसाय गरि आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने एकातिर चिन्ता र अर्कोतिर ब्यबसायको मर्म, ढाचा, प्रकृति र आबस्यक पर्ने आर्थिक जोहो, ब्यबस्थापन, स्थान छनौट र ग्यास स्टेसन खरिद र सन्चालनका कठिनाइ एबम अप्ठ्यारालाई एकातिर पन्छ्याएर कतिजति मुनाफा घरतिर जाला भन्ने अरु धुरि चढे म चाहि रुख चढ्छु भन्ने चिन्तनको बिकास भएको देखे मैले। कुरा ठिकै हो तर ब्यबसाय भनेको एक अर्थमा जुवा जस्तै भने भयो। कहिलेकाहि एकछत्र चौका पनि पल्टिन सक्छ कहिलेकाहि दाउ र कौडिको साथ नै नपर्न सक्ला। एउटा कुरा चाहि के पक्कापक्कि हो भने ब्यबसायका केहि निम्नतम धर्म र रेखालाइ फलो गरे कौडाको चौकाको पर्खाइ जस्तो चाहि हुदैन पनि। यसको मतलब मुनाफा गर्न सकिन्छ ग्यास स्टेशनबाट। अब प्रश्न आयो ग्यास स्टेशनबाट कति आम्दानि हुन्छ त महिनामा चोखोरु ग्यास स्टेशनको ब्यबसायका लागि खुट्टा उचालेर बसेका ब्याक्ति, परिवारको सबैभन्दा पहिलो चासो र कौतुहलता हुने गरेको देख्छु म।

अब शुरु गरौ होला यी प्रश्नको हल गर्न वा कौतुहलता मेट्न। पहिले तपाइ कुन राज्यमा ग्यास स्टेशन गर्न लाग्दै हुनुहुन्छ ? तपाइ शहरमा कि गाउतिर ग्यास स्टेशनको ब्यबसाय चलाउन खोज्नु भएको छ ? तपाईसँग कति बजेट छ ? तपाइ सस्तो र पिसफुल राज्यहरुमा कम खर्चमा ब्यबसाय किनेर, आफै वा आफ्नै परिवार बुढाबुढि, बच्चाहरु मिलेर ग्यास स्टेशन चलाउन खोज्नु भएको छ ? स्थान छनौट र दैनिकि वा साप्ताहिक वा मासिक अधिक खर्च भएको वा कम खर्च भएको स्थान, तपाइको ओभरहेडको कति छ र यसको अनुपातमा तपाइको मुनाफा निर्भर गर्दछ। र उक्त स्टोर वा ग्यास स्टेशनले ग्यास , लटरि, मनि अडर वा कमिशन मात्रै आउने सेवा बाहेक भित्रको ग्रोसरि कति बिक्रि हुने गर्दछ त्यसमा मुनाफा निर्भर हुने हुन्छ। तपाइका परिवार मात्र काम गर्ने निधो गर्नु भयो माने तपाइ अरु बाहिरका कामदार हायर गर्नुहुन्न, घरको भाडा कम छ, ग्यास पम्पको मर्मत सम्भार, बिमा सबै ग्यास कम्पनिले ब्यहोर्छ र ग्यास स्टेशनको वरिवरिका ग्राहकहरुको मन बुझि सामानहरु भेराइटि राख्नुहुन्छ र आबस्यक सामानहरु अनाबस्यक रुपमा नथुपारिकन ब्यबस्थित सङ्ग चलाउनु हुन्छ, अमेरिकाका कन्ट्रि साइड अर्थात ग्रामिण भेगतिर ब्यबसाय चलाउनु हुन्छ भने तपाइलाइ ग्यास स्टेशनले उकालो चढाउनेछ ।

लगभग एक लाख देखि २ लाखसम्म एउटा परिवार आफै गरेर लगभग खर्च कटाएर झन्डै ५ देखि ८ हजार डलर सम्म घर लैजान सकिन्छ ३० देखि ४० हजारको मासिक इनसाइड ब्यापार हुने ग्यास स्टेशनबाट। खर्च र आम्दानि र नेट मुनाफा इनसाइड लगभग ५५ देखि ६० हजार डलर ब्यापार हुने ग्यास स्टेशनलाई यस लेखमा आधार मानिएको छ र यो नाफा र खर्च नर्थ क्यारोलिना, जर्जिया, साउथ क्यारोलिना, टेनेशि र वेस्ट भर्जिना वरिपरिको राज्यहरुलाई आधार मानिएको छ।

तपाई ५० देखि ६० हजार स्टोरको भित्रि सेल (ग्यास , लटरि, मनि अर्डर बाहेक) छ भने ३०% मुनाफा जसले तपाईलाई १५ देखि १८ हजार डलर सम्म मुनाफा दिनेछ। तपाईसङ्ग नोभेलेटी आइटम जस्तै पाइप, पिल्स, लगायतका सामानहरुले त झन्डै ३०० प्रतिशत सम्म मुनाफा दिनसक्छ। यस्ता सामानहरु बिक्रि हुदा मुनाफाको प्रतिशत बढ्न गै ४० देखि ५० % हुनसक्छ। यसले तपाइको मुनाफामा २० देखि २४ हजार सम्म डलर दिन सक्छ। त्यसपछि तपाई ग्यास कम्पनिसङ्ग कन्साइनमा सम्झौता छ भने उनिहरुले ३ देखि ४ सेन्ट प्रति गेलन कमिशन दिन सक्छ। यसको मुनाफा तपाईले बढि ग्यास बेच्नु भएमा बढि नाफा र कम बेच्दा कम कमिशन। यसको सरदर कमिशन राख्दा झन्डै १००० देखि १५०० डलर प्रति महिनाको कमिशन, कति कहि ग्यास कम्पनिकै पर्पर्टि हुने हुदा ग्यासको कमिशन नदिकन भाडामा कमि गरिदिन सक्छ वा भाडा नलिन पनि सक्छ।

होलसेल ग्यास बेच्दा चाहि बढि मुनाफा पनि हुनसक्छ र घाटा पनि लाग्न सक्छ त्यो ग्यासको भाउमा घटबढ हुनेमा भर पर्दछ। अब आयो लटरि अर्थात चिठ्ठा बेचेको कमिशन बिभिन्न राज्यको फरक फरक कमिशन छ जस्तै नर्थ क्यारोलिनामा प्रति डलर चिट्ठा बेच्दा ७ सेन्ट कमिशन प्राप्त हुन्छ। कहि बढि चिठ्ठा कहि कम बिक्रि हुदा सरदर १५०० देखि २००० डलर प्रति महिना कमिशन राख्दा तपाईको टोटल मुनाफा ग्रोसरि, ग्यास र लटरि गरि झन्डै २२ देखि २४ हजार डलर नाफा भैसकेको छ। त्यसैगरि चुरोट, हल्का पेय पदार्थ, क्यान्डी, एटिम, टायर हावा भर्ने तथा भ्याकुमको कमिशन र बाइडाउन लगभग ५ देखि ७ हजार डलर कमिशन, चेक क्यास पनि गर्नुहुन्छ भने त्यो अर्को कमाइ भयो साटेको चेक बाउन्स भैदिएन भने त्यो आम्दानि नेट हो लगभग १००० डलर चेक कमिशन राख्दा जोड्दा तपाईको मासिक मुनाफा झन्डै २६ देखि ३१ हजार डलर हुनजान्छ। अब आयो पालो तपाईको खर्चको हिसाब भाडा सरदर २००० देखि ४००० डलर प्रति महिना, कामदार लगाए ३ देखि ४ जनाको लगभग ५००० देखि ६००० डलर, नलगाए आफै गरे सर्लक्कै बच्यो यो कामदारको ज्याला, बिजुलि बत्ति, पानिको १००० देखि १५०० डलर, सेक्युरिटी, फोन, इन्टरनेट, गारबेज, फोहोर, बिमा, आफ्नो पेट्रोल, स्टेशनरि, कर, एकाउन्टेनको खर्च, बिबिध खर्चमा झन्डै ३००० देखि ४००० हजार डलर र भैपरि आउने मर्मतमा १००० डलर राख्दा तपाईको आम्दानि बाट हुने खर्च घटाउनुहोस ।

अब कति बाकि रह्यो त रकम त्यो नै तपाईको नेट अर्थात खुद मुनाफा हो जुन तपाइले घर लैजान पाउनु भयो। उक्त रकम तपाइको एल एल सि, प्रोपोराटरसिप, एस कर्पोरेशन वा सि कर्पोरेसन कुन चाहि हो त्यहि अनुसार कर दाखिला र मुनाफा तपाईको ब्यक्तिगत आम्दानिमा उल्लेखित गर्नु पर्ने वा नपर्ने हुन्छ। अब नपर्खौ होला हिसाब गरौ आम्दानि कति भयो र खर्च काट्दा कति बाकि बस्यो त ? सबै काट्दा तपाई आफै काम गर्नु भयो भने १७ देखि १९ हजार डलर र कामदार राखेर आफुले काम गर्नु भएन भने १२ हजार १५ हजार सम्म तपाइले घर लान सक्नु हुनेछ तर तपाइको आफ्नै पर्पर्टि छ, त्यसको मोर्गेज, कर, ग्यास पम्प र ट्यान्किको बिमा, यु एस टि पर्मिट( ग्यास बेच्न पाउने लाइसेन्स), मर्मत सबै गरेर गर्दा पनि तपाईले १० देखि १२ हजार मुनाफा घर लैजान सक्नुहुनेछ। अब कुरा आयो ६० हजार इनसाइड ग्रोसरि खुद ब्यबसाय भएको ग्यास स्टेशनलाइ कति मुल्य पर्छ त ? नर्थक्यारोलिना, टेनेशि, साउथ क्यारोलिना, जर्जिया तिर गुडविल झन्डै १ लाख ५० हजार डलर देखि १ लाख ८० हजार डलर, न्युयोर्कतिर गुडविल झन्डै साढे २ लाख देखि ४ लाखसम्म र माथिल्ला भेगको न्युयोर्कतिर अलि सस्तो पनि पर्न सक्छ। त्यस्तै क्यालिफोर्निया, सिकागो, कोलोराडो तिर ३ लाखको हाराहारिमा र अन्य राज्यहरुमा २ लाख देखि ५ लाख डलरसम्म भाउ देखियो। अझ पर्पर्टि पनि सङ्गै किन्ने भन्दा नर्थक्यारोलिना, टेनेशि, साउथ क्यारोलिना, जर्जिया तिर ब्यबसाय सहित ५ लाख देखि माथि हेरि हेरि ठुला राज्य र महङ्गा राज्यहरुमा त ! मिलियन डलरको हाराहारिमा पर्न जान्छ। ३० देखि ४० हजार इनसाइड ब्यबसाय भएका ग्यास स्टेशन र स्टोरलाई नर्थक्यारोलिना, टेनेशि, साउथ क्यारोलिना, जर्जिया तिर ५० हजार देखि १ लाख सम्म पनि पाउन सकिन्छ भने अन्य राज्यहरुमा २ लाख डलर भन्दा माथि नै पर्न जाने हुन्छ।

लगभग एक लाख देखि २ लाखसम्म एउटा परिवार आफै गरेर लगभग खर्च कटाएर झन्डै ५ देखि ८ हजार डलर सम्म घर लैजान सकिन्छ ३० देखि ४० हजारको मासिक इनसाइड ब्यापार हुने ग्यास स्टेशनबाट। खर्च र आम्दानि र नेट मुनाफा इनसाइड लगभग ५५ देखि ६० हजार डलर ब्यापार हुने ग्यास स्टेशनलाई यस लेखमा आधार मानिएको छ र यो नाफा र खर्च नर्थ क्यारोलिना, जर्जिया, साउथ क्यारोलिना, टेनेशि र वेस्ट भर्जिना वरिपरिको राज्यहरुलाई आधार मानिएको छ। कहिलेकाहि बेच्न बाध्यात्मक अबस्थामा रहेका बिक्रिवालाहरुले स्टोरमा भएका सामानहरुलाई फाइनान्स गरिदिने र मात्रै अहिलेलाई तिरे पछि ब्यबसाय पाउने अबसर प्राप्त हुनसक्छ। त्यसका लागि आधिकारिक अनलाइन, ब्रोकर र बिशेस कन्ट्याक्ट भएकाहरु मार्फत गएमा यस्तो अबसर प्राप्त हुनेछ। तर ग्यास स्टेशनको ब्यबसाय गर्नु पुर्ब केहि समय काम गरेर अनुभब लिनु जरुरि छ अन्याथा अन्यौलमा परि असफल हुन सक्ने प्रबल सभाबना रहन्छ।

यस ब्यबसाय पुर्ब र ब्यबसाय सन्चालनमा अलि बिबेक पुर्याए ग्यास स्टेशनल अमेरिकामा आर्थिक समुन्नतिको मुल आधारभित्रको ब्यबसाय हो भन्दा फरक परेन।

वि.सं.२०७७ माघ १८ आइतवार १५:१६ मा प्रकाशित

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...