back
CTIZAN AD

बङ्गलादेशमा संक्रमित र मृत्युदर दुवै घट्यो

वि.सं.२०७७ माघ १९ सोमवार

714 

shares

१९ माघ, ढाका । बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा अहिलेसम्म आठ हजार १२७ कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । सरकारले विगत २४ घण्टामा थप ३३९ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गरेको छ । यो अघिल्लो हप्ताको आइतबारको तुलनामा निकै कम हो । सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न खोप दिन लागेसँगै तथ्याङ्कले सङ्क्रमितको सङ्ख्यामा कमी देखाएको छ ।

एशियाली यो मुलुकमा विगत २४ घण्टामा १२ हजार २२५ जनाको कोभिड–१९ परीक्षण गरेको महानिर्देशनालयले जनाएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल चार लाख ७९ हजार ७४४ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भइ निको भइसकेका छन् ।

बङ्गलादेशमा आइतबार सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या ४४७ रहेको र यो सोही दिन सङ्क्रमित पुष्टि हुने व्यक्तिको तुलनामा १२२ अङ्कले कम हो । (रासस÷सिन्ह्वा)

वि.सं.२०७७ माघ १९ सोमवार ०८:०८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...