back
CTIZAN AD

नेकपाको प्रचण्ड-माधव समुहको केन्द्रीय समिति बैठक कार्की ब्यांकेटमा बस्दै

वि.सं.२०७७ माघ १९ सोमवार

684 

shares

१९ माघ, काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रीय समितिको बैठक कार्की ब्यांकेटमा बस्ने भएको छ ।

पार्टी कार्यालय कार्की ब्यांकेटमा १ बजे बस्ने भनिएको केन्द्रीय समितिको आजको बैठकमा समसामयिक विषय, संघर्षका कार्यक्रमको समिक्षा तथा संघर्षका थप कार्यक्रमको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल हुने सचिवालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् ।

प्रधानमन्त्रीद्धारा पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै निरन्तर संघर्षका कार्यक्रमको घोषणा गरेको उक्त समुहले संसद् पुर्नस्थापना तथा निर्वाचन आयोगद्धारा आफ्नो बहुमत पक्षलाई बैद्यानिकता दिन माग राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र असंबैधानिक ठहर गर्दै सो समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी रुपमा प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

सो समूहले प्रतिनिधिसभा विघटनका विरुद्ध उपत्यका तथा उपत्यकाबाहिर बुटवल, विराटनगर, धनगढी लगायतका सहरमा प्रदेशस्तरीय प्रदर्शन गर्दै आएको छ । साथै माघ २८ गते काठमाडौंमा वृहत् विरोधसभाको आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।

 

वि.सं.२०७७ माघ १९ सोमवार १०:१४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...