back
CTIZAN AD

अख्तियार–अन्तक्र्रिया कार्यक्रम

वि.सं.२०७३ माघ १२ बुधवार

678 

shares

१२ माघ,भद्रपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी सुनसरीद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भयो ।

भ्रष्टाचार न्यूनिकरणका लागि जनअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदैं सहभागीहरुले विशेषगरी सेवाग्राहीको अत्यन्त भिड हुने कार्यालयमा आयोगले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राज्यले सुम्पेको पदीय दायित्वलाई प्रत्येक कर्मचारीले इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउँदै सेवाग्राहीप्रति उत्तरदायी बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा आयोगका शाखा अधिकृत विष्णुकुमार थिगवा (लिम्बू)ले कार्यालयको गतिविधिका बारेमा विस्तृत जानकारी गराउनुभयो ।

विगत तीन वर्षमा आयोगको यो कार्यालयबाट तीन हजार ८९५ उजुरी आएकोमा तीन हजार ४९१ फछ्र्यौट भइसकेको र झापामा यसवर्ष विभिन्न कार्यालयका गरी ३६२ वटा उजुरी आएकोमा ३२२ वटा फछ्र्यौट भइसकेको उहाँले बताउनुभयो ।

झापामा सबै भन्दा बढी उजुरी शिक्षा, स्थानीय निकाय र भूमि सम्बन्धी रहेका छन् । आयोगका कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं.२०७३ माघ १२ बुधवार ०९:५२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...