back
CTIZAN AD

वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको भावुक खुल्ला पत्र – देश अवस्था हेर्दा भिरबाट लडेको गाईजस्तो देख्छु !

वि.सं.२०७७ माघ १९ सोमवार

765 

shares

माघ १९, काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले देशको अवस्था निकै नै गम्भिर रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत देशबारे भावुक टिप्पणी गर्दै उनले देश भिरबाट लडेको गाईजस्तो बनेको बताए ।

‘मन मनै पीडा हुन्छ। जब देशको सर्बत्र हालत देख्छु, भिरबाट लडेको गाइजस्तो देख्छु, त्यो थाङ्गथिलो शरिरमा बांचेको आत्मा जस्तो कुनै कुनामा मुखले भेटेको झार तानेर खान्छ तर, अझै बांच्ने जिजिभिषा छोडेको छैन, सायद राम्रो सेवा उपचार पाए बाँच्दो हो’, उनले भनेका छन् ।
उनका अनुसार देशमा भ्रष्टाचारले निकै जरा गाडेको छ । जहाँ तहीँ भ्रष्टाचार मात्रै व्याप्त छ ।

देशलाई माया गर्नेले एकपटक वास्तविकतालाई स्वीकार गरि उपचारको बाटोमा लाग्नुपर्ने संग्रौलाको भनाई छ ।

यस्तो छ संग्रौलाले फेसबुकमार्फत सबैका नाममा राखेको खुल्ला पत्र

मन मनै पीडा हुन्छ। जब देशको सर्बत्र हालत देख्छु, भिरबाट लडेको गाइजस्तो देख्छु। त्यो थाङ्गथिलो शरिरमा बांचेको आत्मा जस्तो कुनै कुनामा मुखले भेटेको झार तानेर खान्छ तर अझै बांच्ने जिजिभिषा छोडेको छैन। सायद राम्रो सेवा उपचार पाए बांच्दो हो।

१. हाम्रो आफ्नै इतिहास, भारतको इतिहास अनि चीनको इतिहास पढ्छु उतिबेला सुदुर बिगतमा पनि गुरुकुल थिए, बिद्यार्थी थिए, शिक्षक थिए अनि उनिहरु आदर्श, मूल्य मान्यताका लागि संघर्ष गर्थे। उनिहरु रास्ट्र जोगाउन लागि पर्थे। भ्रष्ट शाशकका विरुद्ध लढ्थे। चाणक्यले नन्द अत्याचारका विरुद्ध लडे। आमाको लास जलाउंदा दाउराको कर तिरेनन। चिनमा साङ याङ्गले माफी मागेनन बरु चारवटा घोडाले तानेर शरीर टुक्रा टुक्रा पारेर मर्न तयार भए।

२. इतिहासमा ती मानिस भ्रस्टाचारको बिरोध गर्थे। उनिहरु मारिन्थे तर लुच्चो जीवन बांच्नु भन्दा मर्न तयार हुन्थे। त्यो सभ्यता र ज्ञानबाट आएको मेरो देश आज लडेको गाइजस्तो भएको छ। शरीर भरी किर्ना लागेका छन। किर्ना रगत चुस्न मात्र तल्लिन छन। किन नचुसुन, उन्को धर्म नै चुस्ने हो। उपिया जिउँदो लास खोज्छन, उन्को दाउ पनि चुस्ने नै हो।

३. डांडाबाट उभिएर हेर्यो भने, सबै पहाड खनिएका छन। काका गाउँको नेता छ भतिजोको डोजर छ। जनताले तिरेको कर छ। जनता प्रतेक क्षण कर तिर्छन। काम गर्ने कामको नशमा मेरेका छन, लुट्ने हरेक दिन लुटिरहेका छ्न। पहाडलाई हेर्दा जताततै जंगलका चेउमा बिचमा डोजरले जमिन सम्याइएका छन। ती जमिन माफियाले दर्ता गराएका छन अनि भ्रष्टाचारबाट कामाउनेले किनेर रिसोर्ट बनाउंछ्न र त्यांहा षड्यन्त्र गर्ने अर्को एउटा अखाडा बन्छ। त्यंहा रक्सी बिक्छ।

४. कसरी बन्छ देश जब समता सकिन्छ। कसरी बन्छ देश जब स्वाभिमान र देशभक्तीको भावना मर्छ। कसरी बन्छ देश जब समृद्धिको सपना लुटिन्छ। जब बिकासमा किरा लाग्छ, त्यो किरापरेको फल जस्तो हुन्छ। मातृभुमी भन्दा ठुलो अरु केही छैन। तर बिकासका नाममा असभ्यता मौलाएको छ। अहिले अपराधको धम्की दिने मानिसले गाली खांदैन। लुट्ने भ्रस्टाचारिले गाली खांदैन, लुगा फ्याकेर नागों हुनेले गाली खांदैन। म जस्ताले गाली खान्छ्न जस्ले आफनै नागरिकले आफ्नै जमीनमा श्रम गरेर धनी हुनुपर्छ भन्छ। मेरो एउटा बिद्यार्थी छुट्टिमा मेधेस गएर खसी किनेर ल्यांउछ र कमाएर पड्छ उस्लाइ गतिलो मानिन्न, मेरो अर्को विद्यार्थी मुर्दाबाद र जिन्दावाद भन्दै कुद्छ उ समाजको आदर्श मानिन्छ। मेरो बैज्ञानिक आफू राम्रो बीउ बनाउन अनुसन्धान गर्दैन, उ मोन्सान्टोका बिउमा देशको बिकास फल्ने देख्छ। मेरा अर्थशास्त्री नेपालीका सुन चादि र नोटका रुपमा दराजमा मकाएको धन निकालेर लगानी गर्न शिकाउदैनन, उनिहरु बिदेशीको लगानी ल्याउने सम्मेलन गरेर नेपालीले तिरेको कर सिध्यांउछ्न।

५. जब म स्वालंम्वनको कुरा गर्छु, जब म आफनै परिश्रम र लगानीको कुरा गर्छु, नेपाली किसानको रक्षाको कुरा गर्छु, किर्ना र उपिया मलाई टोक्न आउंछ्न। यो चरित्र आफू काम नगर्ने, अल्छि, लुट्ने झोलेको चरित्र हो।

रास्ट्रको निर्माण योग्य मानिसले मनमा स्वाभिमान र दिमागमा बुद्धि खेलाएरमात्र गर्न सक्छन। आज सम्म बिदेशीले कुनै देश बनाइदिएका छैनन। आज सम्म सत्ताको राजनीति गर्नेले कुनै देश बनाएका छैनन। आज सम्म ध्यानमात्र गर्नेले गरिबीबाट मुक्ती दिएका छैनन। म सङ्ग गफाडीहरु थुप्रै आंउछ्न देशका बारेमा चिन्ता गर्दै। उनिहरुका आंखामा लुट्न नपाएको कुन्ठा देख्छु। म देशका बारेमा सोच्न छोड्ने छैन।

एक जना गरिबका नेताले भनेका थिए

“मेरा आँखा सधै रसांउछ्न

किनकि

म यो भुमीला अधिक माया गर्छु।”

म झोले र माफियाका गाली खान बानी परिसेको छु।

एक दिन आउने चेतनशिल पिढिंले लढेको गाइको उपचार गर्नेछन।

वि.सं.२०७७ माघ १९ सोमवार १२:५३ मा प्रकाशित

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...