back
CTIZAN AD

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

वि.सं.२०७७ माघ १९ सोमवार

669 

shares

१९ माघ, वाग्मती । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ ।

आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।
रासस

वि.सं.२०७७ माघ १९ सोमवार १२:५१ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...