back
CTIZAN AD

देवघाटको निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव

वि.सं.२०७७ माघ २० मंगलवार

699 

shares

२० माघ, चितवन । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

डिभिजनका आयोजना प्रमुख ई कुमार थापाले पुल निर्माणका लागि रु ८३ करोड हाराहारी खर्च हुने जानकारी दिए । उनका अनुसार डिभिजनले परामर्शदाता कम्पनीमार्फत नक्शाङ्कनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पु¥याएको छ ।

उनले भने, “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौँ ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उनको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ ।

अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आह्वान गर्न सकिने उनको भनाइ छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ ।

डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०÷१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कूल लम्बाइ ५७० मिटर हुनेछ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ ।

पुल २.४ मिटर फराकिलो हुन्छ । उनले अहिले प्रचलनमा भइरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिए । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो ।

धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्षअघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थालेका थिए ।

उनले भने, “हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौँ गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौँ ।” यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उनले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिए । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताए । उनले भने, “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।”

देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको भनाइ छ । रासस

वि.सं.२०७७ माघ २० मंगलवार ११:४६ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...