back
CTIZAN AD

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९ प्रतिशतले बढ्यो

वि.सं.२०७७ माघ २० मंगलवार

747 

shares

२० माघ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ५३.६९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत वर्षको भन्दा ३५.४६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा संस्थाले १४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो

त्यसैगरी, संस्थाको सञ्चालन नाफा पनि बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको अवधिमा यो नाफा १२ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

हाल लघुवित्तको चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ७३ रुपैयाँ १३ पैसा रहेको छ ।

यस्तो छ संस्थाको वित्तीय विवरण :

6018b9aed0f47.jpg

वि.सं.२०७७ माघ २० मंगलवार ११:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...