back
CTIZAN AD

यी ४ खेलाडीलाई टिममा भित्राउन सक्छ किंग्स इलेवन पंजाबले आईपिएल अक्सनमा

वि.सं.२०७७ माघ २१ बुधवार

573 

shares

२१ माघ, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपिएल) को अक्सन १८ फेब्रुअरीमा चेन्नाईमा हुने भएको छ । अक्सनमा बढि पैसाका साथ प्रवेश गर्नको लागि आईपिएलका सबै टिमले केही खेलाडीहरु रिलिज गरिसकेका छन ।

आईपिएलको मिनी अक्सन अगाडी किंग्स इलेवन पंजाबले पनि आफ्ना ५ विदेशी खेलाडी सहित ९ जनालाई टिमबाट रिलिज गरेको छ । रिलिज हुने विदेशी खेलाडीमा ग्लेन म्याक्सवेल, हरदस भिल्जोइन, मुजीब उर रहमान, शेल्डन कोटरल र जिमी नीशम रहेका छन भने भारतीय खेलाडीमा करुण नायर,जगदेसा सुचित, कृष्णप्पा गौतम, ताजिंदर सिंह रहेका छन ।

मिनी अक्सनमा अगाडी ९ महंगा खेलाडीहरु रिलिज गरेको किंग्स इलेवन पंजाबसँग आईपिएल अक्सनमा खर्च गर्नको लागि सबै भन्दा बढि रकम (५३.२० करोड) रहेको छ ।

यी ४ खेलाडीलाई टिममा भित्राउन सक्छ किंग्स इलेवन पंजाबले आईपिएलको अक्सनमा

१. एलेक्स हेल्स

इंल्याण्ड क्रिकेट टिममा विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान एलेक्स हेल्सलाई किंग्स इलेवन पंजाबले टिममा भित्राउने सम्भावना निकै उच्च रहेको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा एलेक्स हेल्सले १५ खेलबाट सर्वाधिक ५४३ बनाएका छन । त्यसक्रममा उनले १ सतक र ३ अर्धसतक समेत प्रहार गरेका छन । ब्याटिङ्गमा उत्कृष्ट लयमा रहेका एलेक्स हेल्सलाई किंग्स इलेवन पंजाबले क्रिस गेलको विकल्पकाे रुपमा टिममा भित्राउने सक्ने छ । एलेक्स हेल्सले २८६ टि-२० खेलबाट ७९२७ रन बनाएका छन ।

२. मिचल स्टार्क

अष्ट्रेलियन क्रिकेट टिममा फास्ट बलर मिचल स्टार्कले यस वर्षको आईपिएलमा अक्सनमा भाग लिने लगभग पक्का भएको छ । उनी यस वर्षको आईपिएल अक्सनमा सबै भन्दा बढि मुल्यमा बिक्ने पनि अनुमान लगाईएको छ । किंग्स इलेवन पंजाबले पनि वेस्टइंडिजमा फास्ट बलर शेलडन कोटलरलाई टिमबाट रिलिज गरेको छ । उनको स्थानमा मिचल स्टार्कलाई किंग्स इलेवन पंजाबले टिममा अनुबन्धित गर्न सक्ने छ । मिचल स्टार्कले ९६ टि-२० खेलबाट १४४ विकेट लिएका छन ।

३. क्रिस मोरिस

दक्षिण अफ्रिकी क्रिकेट टिमका अलराउण्डर क्रिस मोरिसलाई रोयल च्यालेन्सर्ज बेङ्गलोरले रिलिज गरेको छ । चोटका कारण २०२० को आईपिएलमा सबै खेल खेल्न नपाएका अलराउण्डर क्रिस मोरिसलाई किंग्स इलेवन पंजाबले ग्लेन म्याक्सवेल र जिमी निशमको स्थानमा टिममा भित्राउन सक्छ । अलराउण्डर क्रिस मोरिसले टि-२० क्रिकेटमा २१८ खेलबाट ब्याटिङ्गमा १७६४ रन बनाएका छन भने बलिङ्गमा २७० विकेट लिएका छन ।

४. सन्दिप लामिछाने

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्ली क्यापिट्ल्सले मिनी अक्सन अगाडी टिमबाट रिलिज गरेको छ । त्यसैगरी किंग्स इलेवन पंजाबले पनि अफगानिस्तानका स्पिनर मुजिब उर रहमानलाई रिलिज गरेको छ । मुजिबको स्थानमा सन्दिप लामिछानेलाई किंग्ग इलेवन पंजाब टिममा भित्राउन सक्छ । सन्दिपले टि-२० क्रिकेटमा ९३ खेलबाट १२१ विकेट लिएका छन ।

वि.सं.२०७७ माघ २१ बुधवार १४:२५ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...