back
CTIZAN AD

आमहड्ताल सफल पार्न प्रदर्शनकारीले सडकमै बनाए खाना (तस्बिरसहित)

वि.सं.२०७७ माघ २२ बिहीवार

735 

shares

माघ २२, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आमहड्ताल गरेको छ । आम हड्तालको प्रभाव संघीय राजधानी काठमाडौंसहित देशभैरि परेको छ ।

संघीय राजधानीमा काठमाडौंमा छिटफुट रुपमा मोटरसाईकल तथा केही निजी सवारीका साधन सञ्चालनमा आएको भएपनि सार्वजनिक सवारी साधन भने पूर्णं ठप्प छ । बन्दको प्रभाव बजार तथा व्यवसायमा नराम्रोसँग परेको छ । केही खाद्यान्न तथा अत्यावश्यकीय बाहेक सबै जसो व्यवसाय बन्द छन् ।

बन्दको आव्हान गरेको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु नै सडकमा ओर्लीएका छन् । समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि बिहान सडकमा निस्किएर नारा लगाएका थिए ।

यसैबीच बन्द सफल बनाउन प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले सडकमै खाना बनाएर खाएका छन् । काठमाडौंको कोटेश्वर चोकमा जम्मा भएका नेता तथा कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् ।

जनाइएअनुसार ४/५ सय प्रदर्शनकारीले सडकमा खाना खाएका छन् । सडकमा क्याटरिङ्गलाई भाडामा बोलाएर खाना बनाउन लगाइएको जनाइएको छ ।

हेर्नुहोस् तस्बिरहरु :

May be an image of 3 people, people standing, people sitting and outdoors

May be an image of 2 people, people walking, people sitting, people standing, road and crowd

May be an image of one or more people, people sitting, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

May be an image of 2 people, people standing, outdoors and crowd

तस्बिर : प्रचण्ड-नेपाल पक्षीय नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकाेटा ‘दीपशिखा’काे फेसबुक वालबाट ।

वि.सं.२०७७ माघ २२ बिहीवार १४:२० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...