back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा ‘एमसीसी चाहिँदैन’ भन्ने नारा लागेपछि…

वि.सं.२०७७ माघ २२ बिहीवार

906 

shares

माघ २२, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आमहड्ताल गरेको छ । देशव्यापी आमहड्ताल सफल बनाउन शीर्ष नेताहरु पनि सडकमा ओर्लीएका छन् ।

पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकमा आएका थिए । प्रचण्ड सडक प्रदर्शनका क्रममा पुल्चोक पुगेका थिए भने माधव नेपाल कोटेश्वर पुगेका थिए ।

पुल्चोकमा प्रचण्ड उपस्थित भएसँगै नेता तथा कार्यकर्ताले सरकार र सरकारका पछिल्ला कदमविरुद्व नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा एमसीसी सम्झौताविरुद्ध पनि नाराबाजी भएको छ ।

प्रदर्शनकारीले ‘एमसीसी चाहिँदैन्, आम हड्ताल सफल पारौं’ भन्दै नारा लगाएका थिए ।

तर, प्रचण्डले रोके

आफुँ उपस्थित प्रदर्शनमा एमसीसीविरुद्व नाराबाजी भएपछि अध्यक्ष प्रचण्डले भने उक्त नाराबाजी रोकेका थिए । उनले नारा सच्याउन पनि आग्रह गरे ।

उनले एमसीसीको साटो प्रतिगमनका विरुद्ध र संवैधानिक परिषदमा नियुक्तीका विरुद्व नारा लगाउन निर्देशन गरेका थिए । लगत्तै ‘प्रतिगमन मुर्दावाद’, ‘असंवैधानिक कदम खारेज गर’लगायतका नारा लागेका थिए ।

विवादित एमसीसी सम्झौताको विपक्ष थियो प्रचण्ड–नेपाल समूह

एमसीसी सम्झौताकै कारण तत्कालिन समय नेकपाभित्र निकै ठूलो रडाको मच्चिएको थियो । एमसीसी सम्झौतालाई जस्ताको तस्तै पारित गर्नुपर्छ, संशोधन गरेर पारित गर्नुपर्छ र सम्झौता गर्नै हुन्न भन्ने तीन थरि धारणा नेकपाभित्र थियो ।

पार्टी विभाजन पूर्व प्रचण्ड–नेपाल पक्ष एमसीसी सम्झौतालाई जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा देखिएको थियो । एमसीसी सम्झौताकै विषयमा टुंगो लगाउन नेकपाभित्र बनेको कार्यदलले पनि एमसीसी सम्झौतामा भएका प्रावधानलाई संशोधन गरेर मात्र पारित गर्नुपर्ने सुझाब दिएको थियो ।

तर, विवादित एमसीसी सम्झौतालाई प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भने जस्ताको तस्तै पारित गर्नुपर्ने एकोहोरो रणनीतिमा थियो । पार्टी विभाजनपश्चात पनि एमसीसी सम्झौतालाई पारित गर्न सरकार लागिपरेको देखिन्छ ।

प्रतिनिधि सभा विघटनपश्चात नियुक्त भएका उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि एमसीसीलाई तत्कालै पारित गरेर जानुपर्ने धारणा सार्वजनिक रुपमै राखेका छन् ।

वि.सं.२०७७ माघ २२ बिहीवार १५:०५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...