back
CTIZAN AD

नेकपाको केपी ओली समूहले आज नारायणहिटी अगाडि बृहद् जनसभा गर्दै

वि.सं.२०७७ माघ २३ शुक्रवार

729 

shares

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले आज बृहद जनसभाको आयोजना गर्न लागेको छ ।

सो समूहले आज दिउँसो १२ बजे नारायणहिटी गेट अगाडि बृहद् जनसभा गर्ने भएको हो ।

३ लाख बढी कार्यकर्ता सडकमा उतार्ने जनाएको सो समूहको वृहद् जनसभामा अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो समूहले ‘अराजकताको अन्त्य र राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता ताजा जनदेश विकासको निरन्तरता’ भन्ने नारासहित जनसभाको आयोजना गर्न लागेको हो ।

नेकपा बागमती प्रदेशद्धारा आयोजित उक्त जनसभालाई सफलतापूर्वक सम्पन्न गर्न नेकपाको काठमाडौं उपत्यका संयोजक कृष्ण गोपाल श्रेष्ठको नेतृत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी समेत गठन गरिसकिएको छ ।

बागमती प्रदेश कमिटीका सचिव खेम प्रसाद लोहनीका अनुसार प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको अवस्थामा जनतामा ताजा सन्देश दिनका लागि वृहद जनसभाको आयोजना गरिएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा पुष ५ गते प्रतिनिधिसभाको विघटन गरिएसँगै नेकपा दुई समूहमा विभाजन भएको छ ।

त्यसयता प्रचण्ड–माधव समूहले ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसका विरुद्ध विभिन्न चरणमा सडक आन्दोलन गरिरहेको छ भने ओली पक्षले पनि संविधानको रक्षाका लागि भन्दै विभिन्न समयमा जनशभा तथा र्याली गर्दैै आएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार ०९:०३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...