back
CTIZAN AD

सोमपालले एकै ओभरमा २ विकेट लिएता पनि मराठा अरेवियन्स पराजित

वि.सं.२०७७ माघ २३ शुक्रवार

615 

shares

माघ २३, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स ९युएई ०को आबूधाबीमा जारी टि-१० लिगमा दुई विकेट लिएका छन। डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर सोमपाल कामीले उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले एक ओभरमै दुई विकेट लिन सफल भएका थिए ।

सोमपालले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका थिए। आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चेका थिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा आउट भएका थिए। कामीले दुई ओभरमा मात्र १० रन खर्चेका थिए । कामीले जारी टी-१० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन ।

युएईमा जारी टी-१० लिगमा सोमपालका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलीरहेका छन । खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन ।

वि.सं.२०७७ माघ २३ शुक्रवार ११:०० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...