back
CTIZAN AD

त्रुटिहरुको आत्मसमिक्षा गछौं तर आन्दोलनबाट पछि हट्दैनौं-अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ माघ २३ शुक्रवार

741 

shares

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू आन्दोलनका क्रममा भएका त्रुटिहरुको आत्मसमिक्षा गर्ने तर आन्दोलनबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनबाट कोही पनि नेताहरु पलायनको पक्षमा नभएको बताउँदै फेरि पनि संघर्ष अगाडि बढाउँदै जाने बताए ।

‘हामी फेरि पनि संघर्ष गर्ने, राष्ट्र र जनताको पक्षमा लोकतन्त्र र संविधानको पक्षमा लडाइको मैदानमा छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘युद्धलाई शान्तिमा रुपान्तरण, शान्तिलाई संविधानसभामा रुपान्तरण, संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण अनि बलियो सरकार निर्माणमा पहलकदमी यी सबै हाम्रो पार्टी र नेताहरुको योगदान हो त्यसलाई मिनिमाइज गरेर हेरिया भने त्यो न्याय हुँदैन ।’

अध्यक्ष प्रचण्डले अहिले भइरहेको घटनाक्रम नेकपाको आन्तरिक विषय मात्र नभएको बताउँदै यो कदमलाई असंबैधानिक र प्रतिगमनकारी कदम भन्दै बुद्धिजीवी, पत्रकार, नागरिक, कानुन व्यवसायीहरुलगायतका व्यक्तिवहरु देश निकै अप्ठरोमा जाँदैछ भनेर विभिन्न प्रकारबाट आन्दोलनका कार्यक्रम गरिरहेको समेत बताए ।

अध्यक्ष प्रचण्डले २०६२/६३ कोृ आन्दोलनसम्म् आउँदा अब सायद यस्तो प्रकृतिको आन्दोलन देशमा गर्नुपर्दैन भनेर सोचेको बेला अहिले फेरि लोकतन्त्रको लागि सडक आन्दोलनमा जानु परेको बताए । ‘हामी जनताको साथ लिएर हातेमालो गर्दै जान चाहान्छौं ।’ उनले भने ।

विहिबारको आन्दोलनमा कायकर्ताद्धारा लगाइएको एमसीसी विरुद्धको नाराका विषयमा कुरा गर्दै उनले आफू त्यसको समर्थनमा नगएको बरु आन्दोलनमा तय गरिएका नारा भन्दा बाहिरका नारा नलगाउन आफूले आग्रह गरेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् ।

‘अहिले हामी संबैधानिक परिषद्मा भएको ज्यादति पुर्ननियुक्ति यो सामान्य खालको छैन, नसुनुवाइ छ, सुनुवाइ समिति छैन । सभामुखले प्रक्रिया नपुगेको भनेर फिर्ता पठाएको स्थिति छ । यो बेलामा दशथरीका नारा लगाउनु भन्दा आन्दोलनको जे नारा छ त्यहि केन्द्रीत गरौं भन्ने हो ।’ अध्यक्ष प्रचण्डले भने ।

वि.सं.२०७७ माघ २३ शुक्रवार ११:०३ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...