back
CTIZAN AD

महासंघ अध्यक्ष गोल्छा भन्छन् – ‘मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना हो’

वि.सं.२०७७ माघ २३ शुक्रवार

660 

shares

२३ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताए ।

बिहिबार महासंघको कार्यालयमा भएकाे महासंघको व्यापार मेला समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव भएको बताएका हुन् ।

उनले भने ‘मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नविनतम उद्यमशीलताको प्रवर्द्धनमा समेत सहयोग पुरयाउँदछ ।’

अहिले पनि दशकौ पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचो रहेको र सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले समितिलाई सुझाव दिए । साथै उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझबढी स्तरीय र अन्तराष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ त्यसमा पनि समितिलाई क्रियाशिल हुन सुझाव पनि दिए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्दै मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए ।

सो कार्यक्रमले कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार गरेको छ । समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन्।

समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ रहेका छन् ।

त्यसैगरी समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी, धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्व अध्यक्ष संतोष श्रेष्ठ,नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य छन् ।

समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई। देश बन्धु बस्नेत (अजित), भक्त बहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी फ्रवर्द्धन केन्द्रका कार्यकारि निर्देशक सरद विक्रम राणा छन् ।

मेला समितिका सभापति खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले मेला महोत्सव आयोजना गर्ने सम्बन्धमा फुकुवा गर्न नेपाल सरकारमा पहल गर्ने, नवौ अन्तराष्ट्रिय मेला आयोजनाका लागि पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार ११:१५ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...