२३ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गते बुधबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आइपिओ) निष्काशन मिति परिवर्तन भएको छ । संस्थाले उक्त आइपिओ माघ ३० गते, शुक्रबारबाट निष्कासन गर्ने जानकारी दिएको छ ।
संस्थाले एक सूचना प्रकाशन गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै मिति परिवर्तन गर्न अनुरोध गरेको हुनाले मिति परिवर्तन भएको जानकारी छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फगुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
त्यसैगरी, संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
वि.सं.२०७७ माघ २३ शुक्रवार ११:२४ मा प्रकाशित






























