back
CTIZAN AD

सिभिल बैंकले शुक्रबार बुक क्लोज गर्ने

वि.सं.२०७७ माघ २३ शुक्रवार

612 

shares

२३ माघ, काठमाडौं । सिभिल बैंकले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश माघ २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । बैंकले प्रस्तावित लाभांश पारितका लागि फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ २२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका हुन् ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामार्फत पारित गर्दैछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकको यस वर्ष प्रस्ताव गरेको लाभांश विगत दुई आर्थिक वर्षकै उच्च रहेको छ । बैंकले गत वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश र अघिल्लो वर्ष ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । दुई आर्थिक वर्ष निरन्तर नगद लाभांश दिएको यस बैंकले यो वर्ष भने बोनसमा जोड दिएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १०:५७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...