back
CTIZAN AD

टेलिकम १८ वर्षमा प्रवेश, ७० प्रतिशत जनसङ्ख्यामा पहुँच

वि.सं.२०७७ माघ २३ शुक्रवार

936 

shares

२३ माघ, काठमाडौँ । नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटल नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ । मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको थियो ।

 कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए ।

टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ । एफटिटिएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकामा गत जनवरी १ तारिखमा एनटिटिभी ब्राण्डमा आइपिटिभी सेवाको सुभारम्भ भएपश्चात् भ्वाइस डाटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफलता भएको छ ।

निर्देशक अधिकारीले भने, “कम्पनीको ग्राहक आधार आधारभूत सेवातर्फ २०७६ असार मसान्तमा करीब दुई करोड २७ लाख (७६.९५५ टेली घनत्व) रहेको थियो भने करीब २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करीब २ करोड (६७.७६ ५ टेली घनत्व) पुगे तापनि ग्राहक आधारमा क्रमिकरुपमा वृद्धि हुँदै २०७७ मङ्सिर मसान्तसम्म ग्राहक आधार दुई करोड नौ लाख (६९.८५ टेलीघनत्व) पुगेको छ ।”

सोमध्ये जीएसएम मोबाइलका ग्राहक एक करोड ८४ लाख ३१ हजार, सिडिएमए सेवाका १८ लाख आठ हजार र पिएसटिएन सेवाका ग्राहक छ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटिटिएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३०० रहेका छन् । विसं २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३.६५ प्रतिशत रहेको छ ।

त्यसैगरी इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख नौ हजार ५०० भन्दा बढी पुगेको छ । सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार ५००, एफटिटिएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५०० रहेका छन् । जीएसएम फोरतर्फ हालसम्म करीब २५ लाख ग्राहक पुगिसकेको छ ।

आव २०७६/७७ मा कम्पनीको आय रु ४२ अर्ब ९८ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रु नौ अर्ब ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैह्रकर गरी कम्पनीले रु ३३ अर्ब ३० करोड (कूल आयको ७५ प्रतिशत) रकम योगदान गरेको थियो भने यस आव २०७६/७७ मा रु ३५ अर्ब पाँच करोड (कूल आयको ८१ प्रतिशत) योगदान गरेको छ ।

त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र वाग्मतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

कम्पनीले वाग्मती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग गर्नुका साथै नेपालमा फुटबल खेलको विकास तथा खेलाडीको व्यावसायिकतालाई सहयोग पु¥याउने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई विसं २०६८ देखि नियमितरुपमा प्रयोजन गर्दै आइरहेको । त्यसैगरी भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लामा आइसिटी सेन्टर स्थापना गरेको छ । टेलिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण को सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने र पूर्वाधारको प्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउने भएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १८:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...