२३ माघ, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड राहत सहयोगको लागि राखेको १.९ खर्ब डलरको कोभिड राहत सहयोग सिनेटले पारित गरेको छ ।
तल्लो सदनले पारित गरि माथिल्लो सदनमा पठाएको उक्त कोभिड राहत सहोयग शुक्रबारको सिनेटले पास गरेको हो । हाल सिनेटमा रिपब्लिकन र डेमोक्र्याट दलको ५०/५० सिट भएकोमा निर्णायक मतका रुपमा उपराष्ट्रपति कमला ह्यारिसले प्रयोग गर्दै सिनेटमा पारित भएको हो ।
रिपब्लिकनले उक्त १.९ खर्ब डलरको कोभिड राहतलाई संसोधन गर्दै राष्ट्रपति बाइडेनलाई भेटी प्रस्ताव राखेका थिए । यो पारित बिधेयकलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयन हुनेछ ।
बाइडेनले अमेरिकी जनतालाई अप्ठ्यारो र कठिन आर्थिक स्थितिबाट गुज्रिएकाहरुका लागि कूल २ हजार डलर दिने घोषणा गरेका थिए । त्यसमध्ये ६ सय डलर अमेरिकी जनताको खातामा अगाडी नै जम्मा भै सकेकोले बाकि १४ सय डलर अब पठाइने बताइएको अन्तर्राष्ट्रिय संचारमाध्यम सिएननले जनाएको छ ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १८:४३ मा प्रकाशित





























