back
CTIZAN AD

प्रचण्ड–नेपाल समूहलाई चिडियाखानामा पुर्याउँछु भनेपछि विना मगरले दिईन् यस्तो जवाफ

वि.सं.२०७७ माघ २४ शनिवार

1K 

shares

माघ २४, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ विना मगरले चिडियाखाना पुर्याउँछु भन्ने रामबहादुर थापा ‘बादल’को भनाई आफैंमा व्यंग्य भएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले थापाको भनाई ध्वाँस मात्रै भएको बताईन् ।

शुक्रबार ओली पक्षीय आमशभाका क्रममा गृहमन्त्रीसमेत रहेका नेता बादलले प्रचण्ड–नेपाल समूहले मांशाहारी आन्दोलन (हिंसात्मक) गरे जावलाखेलको चिडियाघरमा कोच्ने चेतावनी दिएका थिए । जसको जवाफमा प्रचण्डको बुहारीसमेत रहेकी मगरले ‘वर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ’ भन्ने प्रतिक्रिया दिएकी छिन् ।

आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो।
हिमपात,केही बर्षा,अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा,पारिलो घामको…

Posted by Bina Magar on Friday, February 5, 2021

उनले बादललाई बादल बनाउने धरातललाई व्यंग्य नहान्न पनि सुझाब दिइन् ।

वि.सं.२०७७ माघ २४ शनिवार १७:४२ मा प्रकाशित