मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वस्थता र अर्थ अभावले सताउने समय छ । कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ । अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
त्बगचगकसाथीभाइको आगमनले काममा हौसला जाग्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ । मनग्गे अर्थ लाभ पनि हुनेछ । दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रयत्न गर्दा केही अवसर प्राप्त हुनेछन् । अधिक खर्च लागे पनि भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ । परिस्थिति संघर्षमय देखिए पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजा कमजोर देखापर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि अस्वस्थताले काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । साँझदेखि स्वास्थ्यबाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिएला । बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरूले भने अलि दुःख दिन सक्छन् । कामको मूल्यांकन कमजोर हुनेछ । लगनशीलताले केही अवसर भने दिलाउनेछ । रोकिएका काम बनाउन थप खर्च गर्नुपर्ला । व्यापारमा कम नाफा हुनेछ। साँझतिर काम बिग्रने भयले सताउन सक्छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला । आवेशको निर्णयले काम बिग्रन सक्छ । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि यात्रा सम्भावना छ । टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ । साँझतिर आफन्तसँग भेटघाट हुनेछ । परिस्थितिवश केही विवादास्पद निर्णय लिनुपर्ला ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
विवादास्पद काममा जुट्नुपरे पनि प्रयत्न गर्दा रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । व्यापारमा सामान्य फाइदा हुनेछ । भेटघाटले काममा अलमल हुनेछ । अरूको सहयोगले मात्र फाइदा उठाउन नसकिएला । तापनि दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ । प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले आँटेको काम बन्नेछ ।
२०७७ माघ २५ गते, आइतवार, (७ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज शनिबारको राशिफल भन्छ-आज यी राशिकाले विशेष ध्यान दिनुहोला
वि.सं.२०७७ माघ २५ आइतवार ०८:१३ मा प्रकाशित



























