मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा अनायासै चुनौती आइलाग्न सक्छ । आम्दानीका स्रोत कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । तापनि ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले काम बन्नेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ । थालेको काम बीचमा रोकिने सम्भावना छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ । तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ । आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउलान् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रचनात्मक काममा जुट्ने समय छ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला । कृषिमा कामको चाप बढ्नेछ । व्यापारमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई बिस्तारै पछि पार्न सफल भइनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । भैपरी आउने कामले योजना स्थगित हुन सक्छ । आत्मविश्वासको कमीले व्यवहारमा पछि परिनेछ । बलजफ्तीले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । खर्च हुने डरले सताउन सक्छ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ काम पाइनेछ तर व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । जटिल कामले लोभ्याउनेछ र खर्च पनि उत्तिकै लाग्नेछ । पाउमा चोटपटक लाग्न सक्छ । धेरै परिश्रमका तुलनामा प्रतिफल भने कम देखिनेछ । बलजफ्तीले काम बिग्रन सक्छ। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन् । आँटले काम बनाउन सकिनेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांश घट्नेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् । सानातिना काममै अलमल भए पनि बिस्तारै फाइदा हुनेछ । साथीभाइले भने काममा हिम्मत दिलाउनेछन् ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । पुरुषार्थी काम प्रारम्भ हुनेछ । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले काममा उत्साह बढाउनेछ । पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।
२०७७ माघ २४ गते, शनिवार, (६ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७७ माघ २४ शनिवार ०८:१७ मा प्रकाशित



























