back
CTIZAN AD

कविता: पुतली

वि.सं.२०७७ माघ २४ शनिवार

1.3K 

shares

जीवनचक्रको न्यानो रेशममा गुट्मुटिएर
प्युपाभित्रको निष्क्रिय प्राणले
देख्छ सपना उम्रेको
त्यो निष्क्रिय शरीरबाट
सक्रिय पखेटा
उसको अल्पायु जिन्दगीको
यात्रामा छोटो तर मीठो यथार्थ भर्न ।
तोड्दै आफ्नै जालोलाई
उम्कन्दै खुल्ला आकाशमा
फिजाउदै ती सुन्दर पखेटा
प्युपा बाहिरको पुतालीले देख्छ विपना
युगले तिरस्कृत आफुजस्तै झुसिलकिराको मौन वेदना
शोषणको पैतालामुनि दबाएका उसको आत्मसम्मान
कोइली र जुरेलिको सुरम्य भेषमा
आएर लुछिएको उसको गौरव
रेशममा गुट्मुटिएका सुरक्षित उ
उन्मुक्तिको खोजमा निस्केका उन्मुक्त उ
शोषण र षड्यन्त्रको खुल्लमखुल्ला विरोध गर्न
उडिरहेको छ अनन्त आकाशमा आत्मासम्मानको
प्रतिस्पर्धा लड्दै ।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:५६ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...