back
CTIZAN AD

कविता: कालो इतिहास

वि.सं.२०७७ माघ २४ शनिवार

1.2K 

shares

उपयोग गर
जब स्वार्थ पूरा हुन्छ
अनि,
टुकुचामा मिल्काईदेउ ।

राजनीतिमा
चरम उपयोगवाद
पहिले जनतालाई मूर्ख बनाउँछ
त्यसपछि भरेङ्ग बनाउँछ
अनि बुई चढेर
सनैसनै माथी उक्लिन्छ
जब सिंहासनमा पुग्छ
तब बिर्सिदिन्छ जनताको नुन र गुन ।

ए ! सन्कि शाषक
बालुवाको उच्च सिहासनमा बसेर
भारदारी सभा गरेर
आफुलाई बादशाह नठान
जुनदिन जनताहरु जाग्छन्
त्यो दिन तिम्रो अभिमानको धरहरा
गर्ल्याम गुर्लुम छिनमै ढल्छ
अनि,
न तिमी रहन्छौ न तिम्रो भारदार
रहन्छ केवल
कालो इतिहास ।

हो ! इतिहास साक्षी छ
जनताको मतमा
सिहासनमा बसेर
जनताकै अभिमत बिरुद्ध
कोहि आफुलाई बादशाह
कोहि तानाशाह बनेकाछन्
तर,
तिनका अन्त पनि दुःखद छन् ।

सिहासनमा बसेर
म स्वयम् राज्य हुँ
ढुकुटी, कानुन, जेल, पुलिस र सेना
सबै सबै मेरो अधीन छ
म जे पनि गर्न सक्छु
जसो पनि गर्न सक्छु
यसो सोच्नु र ठान्नु
क्षणिक आत्मरति बाहेक अरु के हुन सक्छ ?
मुर्खता बाहेक अरु के हुन सक्छ ?
ए ! तानाशाह
राज्य तिम्रो अधिनमा हुनसक्छ
तिम्रो आदेश मानेर चल्छ
तर हेक्का होस्
जनता सधैं सत्यको अधिनमा हुन्छ
न्यायको पक्षमा हुन्छ ।

ए ! सन्कि शाषक
बालुवाको उच्च सिहासनमा बसेर
भारदारी सभा गरेर
आफुलाई बादशाह नठान
जुनदिन जनताहरु जाग्छन्
त्यो दिन तिम्रो अभिमानको धरहरा
गर्ल्याम गुर्लुम छिनमै ढल्छ
अनि,
न तिमी रहन्छौ न तिम्रो भारदार
रहन्छ केवल
कालो इतिहास ।

यस्तै गरि,
आफ्नै अहम्, घमण्ड र अभिमानले
संसारका अनेक तानाशाह
सन्की बादशाह

मै हुँ भन्ने अभिमानीहरुको
पतन भएको छ
इतिहास साक्षी छ
त्यसैले,
ए ! शाषक
ए ! भारदार
इतिहासबाट शिक्षा लेउ
जनताको प्रिय बन ।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:५३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...