back
CTIZAN AD

कविता: कविवर र नेता

वि.सं.२०७७ माघ २४ शनिवार

690 

shares

कविवर नेताज्यू
बिहान उठेदेखि सुत्ने बेलासम्म
खालि रम्य बातावरणमा
चरिरहन रुचाउने चरुवा
आँखाहरु अब त स्वप्नाको यात्रामा ।

सुन्दर देश चियाउने नौलो आशा भित्र
नविन सपना बोकेर
खाट माथिको तकियालाई ढोगेर
सुति रहेछन् तर के गर्छौ ?

नेता कविज्यू
म मृदुभाषी त बन्न सकिनँ
कटुभाषी पनि त होइन
धनी बन्न सकिनँ
साथ कसैको छैन
जिन्दगीको वास्तविकता धनमा सिमित रहेछ
विश्वासिलो बन्न पनि धनको तागत रहेछ
देश नचियाएर के गरू ?

कविवर नेताज्यू
जीवन त एउटा फूल हो
सानन्दका साथ रहन पाए
हिलोमा पनि फुल्ने रहेछ ओइलाउन नपाए
मनका आकांक्षा पूरा नभए पनि
देशमा मान्यता पाउनेछौ
विश्वासिलो भयौ भनि ।

नेता कविज्यू
सत्कार त कता गो
तिरस्कारका गोलि ठोक्छन्
अन्यायी र अत्याचारी भन्न मात्र खोज्ने
ए कविज्यू यहाँ किन चमत्कार छायो
अभागी निधारमा पसिना पनि आयो ।

कविवर नेताज्यू
न्याय त कता कता अन्यायले जेले पछि
मानवता सधै रुन्छ दानवताले पेले पछि
मानिस किन निर्दयी बन्न पुगेकोछ आज
कस्तो बिडम्बना यो संसार माझ ।

नेता कविज्यू
मीठा तीता विषयमा
जतिनै सपना फुलाए पनि
यी आँखालाई रूलाए र भुलाए पनि
विश्वास् भित्रको आशा बोकेको यो शरीर
टुक्रा टुक्रा हुन पुगेको छ है आखिर ।

वि.सं.२०७७ माघ २४ शनिवार ०७:५१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...