
कविवर नेताज्यू
बिहान उठेदेखि सुत्ने बेलासम्म
खालि रम्य बातावरणमा
चरिरहन रुचाउने चरुवा
आँखाहरु अब त स्वप्नाको यात्रामा ।
सुन्दर देश चियाउने नौलो आशा भित्र
नविन सपना बोकेर
खाट माथिको तकियालाई ढोगेर
सुति रहेछन् तर के गर्छौ ?
नेता कविज्यू
म मृदुभाषी त बन्न सकिनँ
कटुभाषी पनि त होइन
धनी बन्न सकिनँ
साथ कसैको छैन
जिन्दगीको वास्तविकता धनमा सिमित रहेछ
विश्वासिलो बन्न पनि धनको तागत रहेछ
देश नचियाएर के गरू ?
कविवर नेताज्यू
जीवन त एउटा फूल हो
सानन्दका साथ रहन पाए
हिलोमा पनि फुल्ने रहेछ ओइलाउन नपाए
मनका आकांक्षा पूरा नभए पनि
देशमा मान्यता पाउनेछौ
विश्वासिलो भयौ भनि ।
नेता कविज्यू
सत्कार त कता गो
तिरस्कारका गोलि ठोक्छन्
अन्यायी र अत्याचारी भन्न मात्र खोज्ने
ए कविज्यू यहाँ किन चमत्कार छायो
अभागी निधारमा पसिना पनि आयो ।
कविवर नेताज्यू
न्याय त कता कता अन्यायले जेले पछि
मानवता सधै रुन्छ दानवताले पेले पछि
मानिस किन निर्दयी बन्न पुगेकोछ आज
कस्तो बिडम्बना यो संसार माझ ।
नेता कविज्यू
मीठा तीता विषयमा
जतिनै सपना फुलाए पनि
यी आँखालाई रूलाए र भुलाए पनि
विश्वास् भित्रको आशा बोकेको यो शरीर
टुक्रा टुक्रा हुन पुगेको छ है आखिर ।
वि.सं.२०७७ माघ २४ शनिवार ०७:५१ मा प्रकाशित






























