२४ माघ, काठमाडौं । नेपालमा शनिबार (२४ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ९१ हजार १६६ वटा कोरोना भाइरस (कोभिड-१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,७९४ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित १,९५४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९२७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०२७ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा २७, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा ६१ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा ३ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९५ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।
आज थपिएका ९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । साथै आज २४८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०३५ रहेको छ ।
आज देशैभरी ९९ जना कोरोना संक्रमित थपिए, २४८ जना निको
आज देशैभरी ९९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,७९४ नमुना परीक्षणमा उपत्यकाका ६६ जनासहित ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४२ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चरणमा कोरोना बाट संक्रमण हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४३ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।
जसमा बागमती प्रदेशमा ६८८, गण्डकी प्रदेशमा ३० लुम्बिनी प्रदेशमा १४०, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ६४ जना गरी ९२७ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १०२७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९८.५ प्रतिशत पुग्यो, यस्तो छ अन्य अपडेट
वि.सं.२०७७ माघ २४ शनिवार १६:२० मा प्रकाशित






























