back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९८.५ प्रतिशत पुग्यो, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ माघ २३ शुक्रवार

879 

shares

२३ माघ, काठमाडौं । नेपालमा शुक्रबार (२३ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ८८ हजार ३७२ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,७९९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित २,१०८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७४३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १३६५ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा २६ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ जना गरी जम्मा ६१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ३ र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ९२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका १०५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । साथै आज २७२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थपिए १०५ कोरोना संक्रमित,२७२ जना निको, २ जनाको मृत्यु
आज देशैभरी १०५ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,७९९ नमुना परीक्षणमा उपत्यकाका ५८ जनासहित १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४८ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २७२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै आज देशैभरीमा २ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका २ जनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चरणमा कोरोना बाट संक्रमण हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४३ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा बागमती प्रदेशमा ५०१, गण्डकी प्रदेशमा २९ लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७४ जना गरी ७४३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा १३६५ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा माघ २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ २३ शुक्रवार १६:३४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...