back
CTIZAN AD

भागिरथीको हत्यारालाई तत्काल पक्राउ गर्न नेवि संघको माग

वि.सं.२०७७ माघ २५ आइतवार

648 

shares

२५ माघ, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरी हदैसम्मको कार्वाही गर्न माग गरेको छ ।

नेवि संघका अध्यक्ष राजीव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरिएको घटनाले नेवि संघ स्तब्ध भएको भन्दै हत्यारालाई तत्काल गिरफ्तार गरी कार्वाही गर्न माग गरेका हुन्।

‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको बलात्कार गरी हत्या हुँदा घटनामा संलग्न अपराधीलाई कार्वाही गर्नुको सट्टा उल्टै संरक्षण गर्न लागि परेको हुँदा समाजमा यस्ता अमानवीय र क्रुर घटनाले प्रश्रय पाउँदै गएको नेविसंघले ठहर गरेको छ ।

‘घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरी हदैसम्मको कार्वाही गर्न सरकारले तदारुकता देखाओस् । यस्ता घटना फेरी नदोहोरिने कुराको नेपाली जनतालाई प्रत्याभूति दिलाओस्’ विज्ञप्तिमा भनिएको छ ।

फेरि पनि बलत्कारी र हत्याराहरुको संरक्षण गर्ने दिशामा सरकार अघि बढे त्यसबाट उत्पन्न हुने अप्रिय स्थितिको जिम्मेवार वर्तमान सरकार हुने भन्दै चेतावनी पनि अध्यक्ष ढुंगानाले दिएका छन् ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:०३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...