back
CTIZAN AD

निफ्राको आइपिओ सेयरधनीको डिम्याट खातामा जम्मा हुन सुरू

वि.सं.२०७७ माघ २५ आइतवार

705 

shares

२५ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण शेयर (आइपिओ) सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ ।

हाल कम्पनीको उक्त आइपिओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् । कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नका NIFRA सिम्बोल प्रदान गरिएको छ ।

नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।

वि.सं.२०७७ माघ २५ आइतवार १२:३० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...