back
CTIZAN AD

रहेनन् रावल

वि.सं.२०७७ माघ २६ सोमवार

882 

shares

२६ माघ, काठमाडौँ । वामपन्थि नेता रामसिंह रावलको सोमबार बिहानै निधन भएको छ ।

सुदुरपश्चिमको बैतडीबाट काठमाडौँ आई लामो समय राजनीतिमा सक्रिय रावलको निधन पछि विभिन्न राजनैतिक अगुवा तथा सामाजिक अभियन्ताहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।

पुष्पलालद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टीमा आकर्षित भै राजनीतिमा सक्रिय रहेका उनी नेपाल प्रगतिशिल विद्यार्थी युनियन(नेप्रवियु)का संस्थापक अध्यक्ष हुन् ।

२०३६ को विद्यार्थी आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेका उनी लोककृष्ण भट्टराई, चतुर्भुज आत्रेय, हरि आचार्य सँगै कठोर यातना र जेल भोगेका व्यक्ति समेत हुन् । २०४३  सालमा मनमोहन–साहना समूहको एकतापछि बनेको नेकपा(माक्र्सवादी) मा  केन्द्रीय सदस्य रहेका  उनले २०४६ को जनआन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनीसँगै काम गरेका वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीका अनुसार देशले एउटा स्वच्छ छवि भएको व्यक्तित्व गुमाएको छ ।

यसैबीच  पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले समाजको संस्थापक सदस्य समेत रहेका उनीप्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

वि.सं.२०७७ माघ २६ सोमवार ०९:०३ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...