back
CTIZAN AD

एकदिवसीय विधामा प्रेम मार्केट च्याम्पियनसिप हुँदै

वि.सं.२०७७ माघ २६ सोमवार

819 

shares

२६ माघ, काठमाडौँ । चितवन क्रिकेट सङ्घको आयोजनामा १७ औँ संस्करणका रूपमा ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा (५० ओभर) को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा जिल्लाभरका छ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए। उनका अनुसार चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र गीतानगर क्रिकेट क्लब प्रतियोगितामा सहभागी हुनेछन् । छ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ । ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले रु २० हजार र उपविजेताले रु १० हजार पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उनले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, सङ्घर्ष पौडेललगायतका खेलाडीले खेल्नेछन् । यस प्रतियोगिताले युवा खेलाडीको स्तरवृद्धिमा सहयोग पुर्याउने सङ्घले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढ रहेको छ ।

वि.सं.२०७७ माघ २६ सोमवार ०९:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...